१७ असार , काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-८ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएकी ४२ वर्षीया विष्णु माया योन्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विष्णु मायाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी २०७७ फागुन १३ गते एनएमवि बैंकमा रहेको उनको खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ २७ गते ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ ।



