Comments Add Comment

Advertisment

SKIP THIS

११ महिनामा एक अर्बको सुपारी आयात

१७ असार , काठमाडौं । चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो ।

नेपालले सुपारीको निर्यातसमेत गर्दछ । तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ । नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्म यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ । त्यसबाट सरकारले रु ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ ।

नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ । नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ ।

बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै