Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा (नामावलीसहित)

१ असोज , काठमाडौ । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ ।

प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।

रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहरु सरुवा भएका छन् । यसैगरी परासी, हेटौंडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, काभ्रे, दुहबी, राजविराज, कावासोती, सुर्खेत, सल्यान, ग्रीड विकास विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखहरु पनि सरुवा भएका छन् ।

हेर्नुहोस् अन्य कर्मचारीको सरुवा विवरण–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment