Comments Add Comment

Advertisment

SKIP THIS

चोरीको समान सहित २ जना पक्राउ

४ आश्विन , काठमाडौं । सुनसरीको इटहरी उपमहानगर पालिका-२० स्थितबाट प्रहरीले चोरीको समान सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन ।

इटहरी-२० स्थितमा रहेको किरण क्षेत्रीले संचालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो ।

चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो । चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

लागुऔषध गाँजा सहित २ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागू औषधसहित २ जना पक्राउ