Comments Add Comment

Advertisment

SKIP THIS

देशमा पर्यटन विश्वविद्यालय आवश्यक छ, स्थापना गर्न पहल गर्छु : प्रचण्ड

१८ असार , काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखा परेको बताएका हुन् ।

एशाेसिएशनले ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए ।

‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु,’ प्रचण्डले भने, ‘देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।’ यस्तै, अध्यक्ष दाहालले एशाेसिएनशनलाई नेपालमा पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै