Comments Add Comment

Advertisment

SKIP THIS

इन्दिराको ‘पछ्यौरी’ मा निराजन (भिडियो)

१८ असार , काठमाडौं । गायिका इन्दिरा जोशीले आफ्नो शब्द , संगीत र स्वरमा गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छिन् । ‘रातो घाँघर’ सार्वजनिक गरेकी इन्दिराले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् ।

गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् । गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए ।

‘गीतको ट्युन यत्तिकै आयो । त्यसपछि मैँले यसलाई तयार गरेकी हुँ । मलाई मेरो डान्सिङ गीतहरू कम छ झैँ लाग्छ । त्यसैले आउँदो दिनमा समेत यस्तै किसिमको गीत लिएर दर्शक तथा स्रोता समक्ष आउने छु’ इन्दिराले भनिन् । यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियाग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईँको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै