Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१९ असार , काठमाडौं । ललितपुरमा भएको सवारी दुर्घटनामा शनिबार एकजनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१५, थसिखेल चोकमा वाग्मती प्रदेश ०२–०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१०, लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यता, काठमाडौं महानगरपालिका–१०, यूएन पुलनजिकै सडकमा वाग्मती प्रदेश ०२०२६प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

भालुको आक्रमणबाट एकजनाको मृत्यु

पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु