Comments Add Comment

Advertisment

SKIP THIS

बबरमहलमा कार पल्टियो

१९ असार , काठमाडौं । काठमाडौँको बबरमहलमा कार पल्टिएर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान बा२च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिदा चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसिया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी घाइते भएका छन् ।

उनीहरू तीनैजनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये गिरीको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै