Comments Add Comment

Advertisment

SKIP THIS

ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए.५’ नेपालमा पनि

२० असार , काठमाडौं । कोभिड-१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ ।

कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब-भेरिएन्ट पुष्टि भएको हो । ओमिक्रोनको ‘बीए.५’ सब–भेरिएन्ट निकै संक्रामक देखिएको छ ।

नयाँ सब–भेरिएन्ट पाइएको पुष्टि भएसँगै मास्कलगायत स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्न नहुने धुलिखेल अस्पतालका मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा प्रमुख डा.राजीव श्रेष्ठ भनाइ छ । ‘खुला ठाउँमा मास्क लगाउनु नै पर्छ हामी भन्दैनौं तर बन्द ठाउँमा मास्क लगाउनैपर्छ,’ उनले भने, ‘अबको कोभिड संक्रमणको प्रकृति हेर्दा फ्लु (मौसमी रुघाखोकी) विरुद्धको खोप जस्तै कोभिडविरुद्धको खोप बर्सेनि लगाउनुपर्ने हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै