२१ असार , काठमाडौँ । नेपालगन्ज विमानस्थलमा रहेको बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट भएको छ । बिद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठुलो क्षति हुनबाट जोगिएको छ ।
बुद्द एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् ।
बिद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार तार जलेपनि आगलागी भने हुन पाएन । बाँके प्रहरीको अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी बिद्युत सर्ट भएको हो । ‘बिद्युतको तारमा समस्या रहेछ, एक्कासी सर्ट भयो र तारहरु जल्यो, तर आगलागी हुन पाएन,’ उनले नागरिकसँग भने ‘तर ठुलो क्षति हुनबाट जोगियो ।’यता यात्रीहरुले नेपालगन्ज एयरपोर्टको कमिकजोरीका कारण ठुलो दुर्घटना हुन बाट जोगियो नत्र हाम्रो ज्यान पनि जान सक्ने थियो ।


