Comments Add Comment

Advertisment

SKIP THIS

टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज बसाल्छौ-मन्त्री डिल्ली चौधरी

२१ असार , काठमाडौँ । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज बस्ने गरि स्तरबृद्धि गर्न लागिएको बताए । पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको आयोजनामा तुलसीपुरमा भएको आन्तरिक पर्यटन प्रबद्र्धनकालागि सञ्चार माध्यामकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताए ।

उनले अन्तराष्ट्रिय एयरपोर्टलाई प्राथमिकता दिन थालिएपछि दाङको टरिगाउँ एयरपोर्ट ओझेलमा परेको समेत बताए ।‘सबै भन्दा पहिलो बोट हेर्ने चलन, त्यसपछि आफूलाई पायक पर्ने चलन नेताहरुमा देखियो, टरिगाउँ एयरपोर्टका सन्दर्भमा नेताहरुको पनि एकमत हुन सकेको अबस्था छैन’,उनले भने‘दाङमा अन्तराष्ट्रिय एयरपोर्ट हुनु हुँदैन, भन्ने त होईन्, दाङमा अन्तराष्ट्रिय एयरपोर्ट बन्दा राम्रै हुन्छ, तर टरिगाउँ एयरपोर्टलाई पनि डोमेस्टिक एयरपोर्टका रुपमा विकास गर्नुपर्छ, यसलाई ओझेलमा पार्न हुँदैन ।’

उनले टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज बसाल्नकालागि धावन मार्ग विस्तारको काम यसैबर्षदेखि सुरु हुने गरि केन्द्रमा छलफल बढाएको र तत्काल टेन्डर हुने बताए । त्यसकालागि आफूले ८० करोड बजेट माग गरेको समेत उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment