Comments Add Comment

Advertisment

SKIP THIS

आलुको बोरामा राखी ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवा स्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षिय ईश्वर मण्डल र १९ वर्षिय राजेश मण्डल छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपैयाँ फेला पारिएको हो ।

त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै