Comments Add Comment

यूट्युब च्यानलमार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने ब्यक्ति पक्राउ

२२ असार , काठमाडौँ । यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

4 Real TV नामक यूट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नीउपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै