२३ असार , काठमाडौँ । नेपालकाे तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ ।
धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् ।

यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क अपनाउनु हुन स्वास्थ मन्त्रालय आग्रह गरेकाे छ ।



