Comments Add Comment

Advertisment

SKIP THIS

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित एक भारतीय पक्राउ

२३ असार , काठमाडौँ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै