२३ असार , काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) मिरा चौधरीलाई उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । डिआईजी मिरा चौधरीलाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो ।
ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा गृह-मन्त्रालयले डिआईजी चौधरीलाई बिश्वास सहित जिम्मेवारी प्रदान गरिएको अनुमान गरिएको छ ।
डिआईजी चौधरीले यसअघि विभिन्न जिल्ला प्रहरी प्रमुख भएर काम गरिसकेकि छिन् । उनले मकवानपुर जिल्लालाई मदिरारहित जिल्ला बनाउने अभियानमा खटेर लागेका उनले आफ्नो नेतृत्वमा नमूना काम गरेर अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्बाह गरेकि छिन । चौधरीले विभिन्न जिल्लामा लागू औषध तथा तस्करी नियन्त्रणमा समेत उनले उदाहरणीय अभियान सञ्चालन गरिसकेकि छिन् ।
डिआईजी मिरा चौधरीले उपत्यका ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाल्दै अब ट्राफिक System लाई प्रविधिमा विकास गर्दै लगिने र उपत्यकाको सडकमा रात दिन घाम पानी नभनि निलो पोशाक र सेतो टोपी लगाएर डिउटी गरिरहेको ट्राफिक प्रहरीको ७७ वटै जिल्लाको नागरिकहरूको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताएकी छिन् ।
सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर ‘हात हल्लाउने र सिटी फुक्ने’ परम्परागत व्यवस्था विस्थापित गर्न सवारी चाप हेरी बत्ती बाल्ने इन्टेलिजेन्स ट्राफिक बत्ती, भ्यु हेर्न मिल्ने सीसीटीभी, गति डिटेक्टर प्रविधि र रडार गनको विस्तारलाई प्राथमिकतामा राखेको छ ।
प्रविधिको उच्चतम प्रयोगले उपत्यकमा तैनाथ करिब एक हजार दुई सय ट्राफिक प्रहरी जनशक्ति घट्नेछ । दिनरात सडकमा खटिनुपर्ने बाध्यता हट्नेछ । चालक र ट्राफिकबीचको द्वन्द्व हट्नका साथै प्रमाणसहितको सवारी कारबाहीले प्राथमिकता पाउने डिआईजी चौधरीले बताइन् ।






