२४ असार , काठमाडौँ । रौतहटबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिदलाई पक्राउ गरेको हो ।
बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


