Comments Add Comment

Advertisment

SKIP THIS

तिब्बत मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

२४ असार , काठमाडौँ । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन भारतलाई चेतावनी दिएको छ । तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् ।

चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई उचालेर विवाद बढाउने काम नगर्न उनले भारत र अमेरिकालाई चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै