Comments Add Comment

Advertisment

SKIP THIS

शिवको साउनमा गरीने सबै व्रत अत्यन्त महत्वपुर्ण

२३ साउन , दाङ । भगवान शिवको साउनमा गरीने सबै व्रत अत्यन्त महत्वपुर्ण मानिन्छ ।

यो महिनामा विधि विधानपुर्वक गरीने व्रतको प्रभावले शिव कृपा र अत्यन्त लाभ पाउने धार्मीक मान्यता छ । आफ्नो मनोकामना र दाम्पत्य जीवनमा सुखस् पाउन पनि साउनमा व्रत बस्ने गरीन्छ ।

साउनको प्रमुख व्रत
पहिलो सोमबार : साउन ४
दोस्रो सोमबार : साउन ११
तेस्रो सोमबार : साउन १८
चौठो सोमबार : साउन २५
पाँचौ सोमबार : साउन ३२
त्यस्तै साउनको शिवरात्रि कृष्ण पक्षको चतुर्दशी तिथि : साउन २३

साउनको राखिने व्रतको_प्रकार साउनमा ३ प्रकारको व्रत राखिन्छ ।
साउने सोमबार
स्रोह सोमबार
प्रदोष व्रत

शिवभक्तहरु साउनका सबै सोमबार व्रत बस्दछन् । यस्तै केहि भक्त साउनको सोमबारपछि पनि व्रत जारी राख्छन् र १६ वटा सोमबार व्रत बस्दछन् । यहि व्रतलाई स्रोह सोमवार व्रत भनिन्छ । साउनमा राखिने व्रतको प्रभावले मनोकामना पुर्ण हुने र चाहे जस्तो जीवनसाथि पाउने धार्मीक विश्वास छ । यस अलावा प्रदोष व्रत भगवान शिव र माता पार्वतीको आशीर्वाद पाउन प्रदोषका दिन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै