Comments Add Comment

Advertisment

SKIP THIS

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई

२६ असार , काठमाडौँ । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पुर्‍याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थि वेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

पुरस्कार आगामी साउन ९ गते थापाको २४८औँ जन्म जयन्तीका अवसरमा प्रदान गरिने अध्यक्ष प्रा डा तिमिल्सिनाले बताए । यसअघि उक्त पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै