Comments Add Comment

Advertisment

SKIP THIS

गलकोट नगरपालिकाद्वारा फोहर प्रशोधन सुरु

२७ असार , काठमाडौं । स्थानीय तहहरूले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो ।

बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त नगरपालिकाले वडा नं ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएर फोहर प्रशोधन केन्द्र स्थापना गरी फोहर व्यवस्थापन गर्न थालेको छ । नगरपालिकाको पहिलो कार्यक्रलमै फोहर प्रशोधन केन्द्र स्थापना गरिएकामा दोस्रो कार्यकाल सुरु भएलगत्तै फोहर प्रशोधन गर्न थालिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । ‘पहिलो कार्यकालमा फोहर व्यवस्थापन निकै चुनौती बन्यो, त्यसैले फोहर प्रशोधन गर्ने उपकरण खरिद गरिसकेका थियौँ’ उनले भने ‘दोस्रो कार्यकालको सुरुमै हामीले फोहर प्रशोधन गर्ने उपकरण सञ्चालनमा ल्याएका छौँ, फोहर प्रशोधनपछि त्यसलाई बिक्री गर्न सकिन्छ ।’

यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिने गरिन्थ्यो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थियौँ । नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा लिएर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको हो । फोहर प्रशोधन केन्द्रमा अहिले धमाधम फोहर प्रशोधन भइरहेको छ । नगरप्रमुख गैरेले फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर प्रत्येक दिन छुट्टाछुट्टै सङ्कलन गरिँदै आएको बताए । नगरपालिकाले अहिले नकुहिने फोहोर मात्रै प्रशोधन गर्दै आएको छ ।

रु ३३ लागतको लागतमा स्थापित सो केन्द्रमा अहिले एउटा ट्रयाक्टरबाट फोहर सङ्कलन गर्ने गरिएको छ । कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई प्रशोधन उपकरणबाट पेलेर टुक्राउने, धुने र पुनः प्रयोगका लागि बिक्री गरिने भएको छ । फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि बिक्री गरेर उठाउने लक्ष नगरपालिकाले लिएको छ । मुख्य बजार क्षेत्रको फोहर सङ्कलन गरेर प्रशोधन गरिरहेको र प्रशोधन गरिएको फोहरलाई बिक्री गर्ने फोहर प्रशोधन केन्द्र संयोजक तथा पूर्ववडाध्यक्ष वीरजंग भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै