बुद्धशान्तिमा सवारी दुर्घटना हुंदा एककाे मृत्युु भएकाे छ ।
मृत्युु हुनेमा बुद्धशान्ति ७ का अटाे चालक ४१ वर्षीय भानु खड्का रहेक छन् ।
हिजो दिउँसो किरव २ बजे मेची राजमार्गअन्तरगत बुद्धशान्ति– ४ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परी अटोमा सवार चालक खड्का, सोही गाउँपालिका– ७ निवासी १८ वर्षीया बिना सेन्चुरी र वडा नम्बर ४ निवासी ३२ वर्षीया इन्दिरा राई घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा चालक खड्काको मृत्यु भएको बताएको हाे ।
प्रहरीले पिकअप गाडी र चालक इलाम सूर्योदय नगरपालिका १० निवासी ५१ वर्षीय दिलिपकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।


