Comments Add Comment

Advertisment

SKIP THIS

दक्ष जनशक्ति उत्पादनमा बिशेष जोड- प्रहरी नायव महानिरीक्षक सुदिप गिरी

दक्ष प्रहरी जनशक्ति उत्पादनमा बिशेष जोड दिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर र प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरीहरुलाई निर्देशन दिनु हुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो ।     

आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र प्रहरी कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिन र विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथै भिड नियन्त्रण तथा प्रहरी कारवाहीमा कति पनी बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन समेत वहाँले निर्देशन दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमका शुरुवाती दिन देखी नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो ।

साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही गर्ने र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत वहाँले निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै