Comments Add Comment

Advertisment

SKIP THIS

नेपालले आज नामिबियासँग खेल्दै

२१ मंसिर , काठमाडौँ । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपाल र नामिबियाबीच भएको खेल वर्षाले प्रभावित भएको थियो । जसले गर्दा दुवैले अंक बाँडेका थिए ।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो । स्कटल्याण्डलाई भने हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै