Comments Add Comment

Advertisment

SKIP THIS

विद्युत प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा

३२ असार , काठमाडौं । समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकारमाथि कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए । कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए ।

कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment