३० साउन ,काठमाडौ । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुरले आज २००० मास्क वितरण गरेको छ ।

ललितपुर ट्राफिक प्रहरीको आयोजना तथा लायन्स कल्ब अफ हिमालय पाटनको संयुक्त सहकार्यमा आज दुई हजार पिस माक्स वितरण कार्यक्रम सम्पन्न भएको ट्राफिक प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।

महानगरीय ट्राफिक महाशाखाले शुरु गरेको तपाईंको मास्क खै अभियान कार्यक्रम अन्तरगत ललितपुर जिल्लाको विभिन्न चोकमा आयोजित उक्त कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक नरेश बहादुर शाही ज्यूको प्रमुख आतिथ्यता स्थानीय जनप्रतिनिधि लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

covid-19 को संक्रमण विरुद्ध आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने उदेश्यले “नियमित रूपमा साबुन पानीले हात धोऔं, सही तरिकाले मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक भीडभाड तथा जमघट नगरौं” जस्ता नारा लेखिएका प्लेकार्ड बोकी ट्राफिक प्रहरीले सातदोबाटो चोक वरिपरि मास्क समेत मास्क नलगाई हिँड्ने व्यक्तिहरूलाई वितरण गरिएको थियो ।





