Comments Add Comment

Advertisment

SKIP THIS

धुनिबेशीको सुरुङमार्गमा ट्रकको ठक्करबाट युवकको मृत्यु

१२ कार्तिक, काठमाडौ । धादिङको धुनिबेशी नगरपालिका-९ सुरुङमार्गमा बिहीबार साँझ ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका-९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डे रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुङमार्गमा हिजो बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै