Comments Add Comment

Advertisment

SKIP THIS

हस्तक्षेपको लत भएको अमेरिकामा मतिभ्रम

६ साउन , काठमाडौँ । अमेरिकी राष्ट्रिय सुरक्षा मामिलाका लागि राष्ट्रपतिका पूर्व सहायक जोहन रोबर्ट बोल्टनले अरू मुलुकको शासन विद्रोहलाई आफूले सहयोग गरेको सार्वजनिक गर्नुका साथै अमेरिकाको शीर्ष हितको लागि यो गर्नुपर्ने उल्लेख गरेका छन्। जुन अन्तर्राष्ट्रिय समूहको व्यापक निन्दाको विषय हो साथै अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र अरू मुलुकको शासनलाई ध्वस्त पार्ने नै अमेरिकी नीतिको एक अंश रहेको कुरा प्रमाणित भएको छ। भेनेजुएलाका अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ मारिया फेर्नान्दा बारेटोले बोल्टनले स्वीकार गरेका गतिविधि अत्यन्त निर्लज्ज भएको उल्लेख गर्नुभयो।

भेनेजुएला अमेरिकाको कालो हातले छोइएको एक मात्र मुलुक पक्कै होइन। अमेरिकी बोस्टन कलेजका उप-प्राध्यापक ओरेकेले “लुकेको शासन परिवर्तन: अमेरिकाको गोप्य शीत युद्ध” शीर्षकको किताबमा सन् १९४७देखि सन् १९८९सम्म अमेरिकाले जम्मा गरी ६४ पटक गुप्त शासन विद्रोह र ६ पटक सार्वजनिक शासन विद्रोह गराएको उल्लेख गर्नुभयो। यति मात्र होइन, शीत युद्धपछि अमेरिकाले विभिन्न रङ्ग क्रान्ति मच्चाएको छ। जस्तो भनौँ सन् २००२को जर्जियाको “गुलाब क्रान्ति”, सन् २००४ युक्रेनको “सुन्तला क्रान्ति”, सन् २००५ किर्गिस्तानको “ट्यूलिप क्रान्ति”, सन २०१०देखिको “अरब वसन्त” आदि। शासन विद्रोह गराएबाट शासकीय पदमा आफ्नो मान्छे राखेर अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिन्छ यसरी नै सो मुलुकको सार्वभौमिकताको नियन्त्रण गरिन्छ। यो नै अमेरिकाले चलाइरहेको उपाय हो।

केही वर्षयता अमेरिकाले “लोकतन्त्र, स्वतन्त्र, मानवअधिकार”को झण्डा लिएर अरू मुलुकमाथि हस्तक्षेप गरिरहेको छ र अरू मुलुक तथा क्षेत्रमा विद्रोह मच्चाएर विभिन्न मुलुक र क्षेत्रमा राजनीतिक अस्थिरता, आर्थिक पछौटेपन र सर्वसाधारणलाई गरिबीतर्फ धकेलेको छ। अमेरिकाले गरेका ती गतिबिधिले विश्वको शान्ति र स्थिरतालाई गम्भीर रूपमा क्षति पुर्याएको छ।

हस्तक्षेपको लत परेको अमेरिकामा यस्तो मतिभ्रम पनि देखिएको छ कि सबै मुलुकले आफूबाट सिकेका छन् भने हस्तक्षेप नभएमा विकास नै हुन सक्दैनन्। अमेरिका राष्ट्रिय सुरक्षासम्बन्धी उच्च अधिकारीले चेतावनी दिएका छन् कि अमेरिकी चुनावसमक्ष चीन, रूस, इरानलगायत मुलुकको हस्तक्षेप देखिएको छ। अमेरिकी एफबीआइका निर्देशकले चीनले अमेरिकालाई पतन पार्न खोजिरहेको उल्लेख गरेका छन्। स्पष्ट भयो नि, यो अमेरिका हो।

विश्वास के गर्नुपर्छ भने अमेरिकाको मतिभ्रम प्रष्टै छ तर विश्व सुतिरहेको छैन। नेपाली जनताको त्यसको अझै गहिरो अनुभव गरेको हुनुपर्छ, हिजो एमसीसी थियो, आज एसपीपी आयो, भोलि के हुने हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै