८ साउन , काठमाडौँ । तार्केश्वर नगरपालिका -३ ले तार्केश्वर ३ भित्र पर्ने हास तथा वगुर फार्म हटाउने पैतिस दिने सुचना निकालेकाे छ ।
तार्केश्वर -३ भित्र पर्ने विभिन्न स्थानहरुमा कार्यालयको स्वीकृत विना नै विगत केहि समय देखि वगुंर लगायत हाँसहरुको फार्म संचालन गरि वातावरण र समुदायको स्वास्थ्यलाई नै प्रत्यक्ष असर पारेकोले स्थानीय स्तरबाट सोको व्यापक जनगुनासो आएको हुदां यथाशिघ्र कार्यालयको अनुमती विना संचालित वगुंर र हाँस फर्महरु अन्यत्र स्थानान्तरण गर्नुका लागि यस अघि कार्यालय मार्फत पटक पटक सूचना जारी गरी सम्बन्धित व्यवसायी र जग्गा धनी समेतलाई समेत जानकारी गरायता पनि हाल सम्म उक्त प्रकृतीका व्यवसाय नहटाईएकाे हुनाले सूचना प्रकाशित मितीले ३५ दिन भित्रमा उक्त व्यवसाय वडा नं ३ बाट अन्यत्र स्थानान्तरण गर्नका निम्ति ३५ दिने सुचना सार्वजनिक भएकाे हाे ।
साथै उल्लेखित समय सिमामा हाँस तथा वगुर फार्म अन्यत्र स्थानान्तरण नगरेमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत अवगत गराईएकाे छ ।




