Comments Add Comment

Advertisment

SKIP THIS

‘द सिक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक

९ साउन , काठमाडौँ । अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेन्डको सार्वजनिक ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले ड्राइभर श्रीमान् (सौगात मल्ल) को खोजी गर्ने क्रममा आउने उतार–चढाव देखाएको छ ।

सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगातको अलवा सृष्टि श्रेष्ठ, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ ।

वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा रहेको फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनमा निर्माण भएको हो । फिल्म विरजना इन्टरटेनमेन्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् ।

फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै