Comments Add Comment

Advertisment

SKIP THIS

वाङ यीद्वारा डीओसीमा हस्ताक्षर भएको २० औं वार्षिकोत्सव गोष्ठीलाई सम्बोधन

९ साउन , काठमाडौँ । चिनियाँ राज्य परिषद्रका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले भिडियोमार्फत् “दक्षिण चीन सागर पक्षहरूको आचरण सम्बन्धी घोषणा(डीओसी)”मा हस्ताक्षर भएको २०औं वार्षिकोत्सवको स्मरणार्थ गोष्ठीको उद्घाटन समारोहमा भाग लिएर सम्बोधन गर्नुभएको छ।

मन्त्री वाङका अनुसार, डीओसी चीन र आशियान मुलुकले दक्षिण चीन सागर मामिलामा हस्ताक्षर गरेको पहिलो राजनीतिक दस्तावेज हो। जसले दक्षिण चीन सागर मामिलाको सामनामा विभिन्न पक्षहरूको आधारभूत सिद्धान्त र साझा मान्यता निश्चित गरेको छ।

नयाँ ऐतिहासिक परिस्थितिमा हामीले दक्षिण चीन सागरलाई शान्तिको सागर, मित्रताको सागर र सहयोगको सागर बनाउनु पर्ने कुरामा मन्त्री वाङले जोड दिनुभएको छ। पहिलो, शान्तिको तल्लो रेखालाई लागु गर्नुपर्छ। दोस्रो, वार्ता र परामर्शलाई निरन्तर रूपमा बढाउनुपर्छ। तेस्रो, सामुद्रिक सहयोगलाई निरन्तर रूपमा गहिरो पार्नुपर्छ। चौथो, “दक्षिण चीन सागरमा आचारसंहिता” सम्बन्धी परामर्शलाई अगाडि बढाउनुपर्छ। कम्बोडियाका उपप्रधानमन्त्री र मलेशियाका विदेशमन्त्रीले पनि भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै