Comments Add Comment

तार्केश्वर बाट ज्यान सम्बन्धी कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान

९ साउन , काठमाडौँ । मिति २०७९/०३/११ गते अं.११:०० बजेको समयमा का.जि.तारकेश्वर न.पा.वडा नं.११ नेपालटार स्थित एउटा घरमा डेरा गरी बस्ने जिल्ला सुर्खेत गुर्भाकोट न.पा.वडा नं.२ घर भएकी बर्ष ३३ की दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन आएको थियाे ।

तत्कालै प्रहरी बृत्त बालाजुबाट अनुसन्धान अधिकृत सहितको प्रहरी नायव उपरीक्षकको टोली परिचालित गरिएको । साथै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा आई दुईवटै टोलीद्वारा अनुसन्धानलाई तिब्रता प्रदान गरिएको थियाे ।

अनुसन्धानको बिविध बिधि र प्रविधिमार्फत अनुसन्धान गर्ने क्रममा मृतकको घाँटीमा डाँम जस्तो देखिए पश्चात अनुसन्धान अधिकृतहरुद्वारा घटनालाई शंकास्पदरुपमा लिई सुक्ष्म तवरले अनुसन्धान शुरु गरिएको हाे । मृतक लासलाई पोष्टमार्टमको लागि त्रि.बि. शिक्षण अस्पताल पठाइएको थियाे ।

घटनामा संलग्न रहेको ब्यक्ति भागी फरार रहेकोले निजको पहिचान तथा खोज तलासलाई ब्यापक बनाइएको थियाे ।

अनुसन्धानको क्रममा बिगत ७-८ महिना पहिलादेखि जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने कृष्ण बहादुर श्रेष्ठको छोरा बर्ष ३८ को सूर्य भन्ने खिल बहादुर श्रेष्ठ मृतकको कोठामा आई मृतकको श्रीमान भनी सँगै बस्ने गरेको खुल्न आएको । खोज तलासकै क्रममा मिति २०७९/०३/१२ गते अं.१४:०० बजेको समयमा निज खिल बहादुर श्रेष्ठलाई का.जि.ता.न.पा. वडा नं.११ नेपालटारबाट नियन्त्रणमा लिइएको थियाे ।

निज खिल बहादुर श्रेष्ठको भनाई अनुसार: निज वारदात पूर्व अं. २०:०० बजे मृतकको डेरा कोठामा आई बिहान अं.०४:०० बजे घटना घटाई भागी भागी फरार भएको जानकारी अाएकाे थियाे ।

अनुसन्धान अधिकृतद्वारा काठमाडौँ महानगरपालिका वडा नं.४ महाराजगंज स्थित कतारभिषा सेन्टर नजिक सडकको पश्चिम किनारको खाली ठाउँमा रहेको झाडीबाट घाँसमा पोको पारी बेवारिसे अवस्थामा फालेको ५ फिट ४ इन्च लम्बाई २ फिट २ इन्च चौडाई भएको सेतोमा गुलाबी रङको बुट्टे सल कपडा फेला पारी बरामद गरिएको थियाे ।

मृतकको बुबाले निज खिल बहादुर श्रेष्ठ उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएकोमा प्रहरी बृत्त बालाजुबाट अनुसन्धान सकी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय काठमाण्डौमा पठाइएकोमा तहाँबाट सम्मानीत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवी पश्चात मिति २०७९।०४।०८ गते सम्मानीत अदालतको आदेशले निज खिल बहादुर श्रेष्ठ पुर्पक्षको लागि श्री केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै