Comments Add Comment

Advertisment

SKIP THIS

देश र जनताको पक्षमा निडर भएर कलम चलाउन ओलीको आग्रह

१३ साउन , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गरेका हुन् । उनले भने, ‘बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।’

एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो । उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो ।

‘हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो’, उनले भने ।

जातीय विभेद समतामूलक समाज निर्माणको बाधक

अध्यक्ष ओलीले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरेर समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल जातीय उत्पीडित समाज झापाले बिर्तामोडमा आज आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव–मानवबीचको विभेद अशोभनीय, अन्यायपूर्ण र गलत भएको भएको बताए ।

शिक्षा र आर्थिक अवस्था कमजोर हुँदा मानिस विभेदको शिकार हुँदै आएको उनको भनाइ थियो । उनले जातीय, वर्गीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद समतामूलक समाज निर्माणको बाधक रहेको उल्लेख गरे । व्यवहारिकरुपमै जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, ‘त्यसका लागि एमालेले उत्पीडित समुदायका अगुवालाई सङ्गठित गरेर नेपाल जातीय उत्पीडित समाज गठन गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै