Comments Add Comment

Advertisment

SKIP THIS

संविधान र गणतन्त्रमाथि खतरा बढ्यो : अध्यक्ष पुष्पकमल दाहाल

१३ साउन , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संघर्षको बलमा स्थापित गणतन्त्रविरुद्ध अझै गतिविधि भइरहेको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र अस्वीकार गर्ने शक्तिको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सिँधै ओलीले गणतन्त्र विरोधी गतिविधि गरिरहेको नभने पनि गत वर्ष ‘संविधान मास्न’ लागिपरेकाहरु अहिले पनि सक्रिय रहेकाे भन्दै ओलीप्रति गणतन्त्र विरोधी आरोप लगाएका हुन् ।

प्रचण्डले भने– ‘गणतन्त्रविरुद्धको आवज तपाईंहरुले सुन्नु भएकै छ । विगतमा गणतन्त्र अस्वीकार गर्नेहरु आज पनि राजनीतिमा छन् । उनीहरुको गतिविधि अहिले पनि गणतन्त्र विरोधी छ । गतसाल संविधान मास्ने कोसिस गरिएको थियो । त्यसको निरन्तरता अझै पनि छ ।’

प्रचण्डले अहिले पनि राजनीतिको मूलधार आओवादी नै रहेको बताए । वर्तमान व्यवस्था माओवादीकै एजेण्डा भएकाले अहिलेको मूलधार पनि माओवादी नै रहेको प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment