Comments Add Comment

Advertisment

SKIP THIS

मनमैजुबाट ९ जना जुवाडे पक्राउ

४ साउन , काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा अजय तामाङसहित छन् ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो । जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

तनहुँमा ९ जना जुवाडे पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

तनहुँमा ९ जना जुवाडे पक्राउ