Comments Add Comment

कालिमाटी प्रहरीद्वारा राहदानी बनाइदिन्छु भन्दै ठग्ने चार जना पक्राउ

राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जनालाई कालिमाटी प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी बाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

काठमाडौं महानगरपालिका-११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको डिएसपी अनिल घिमिरेले बताए ।                                                                                                                                                   

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङका २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलका ४१ वरेषीय विवेक गुरूङ छन्। गुरूङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन्।

डिएसपी अनिल घिमिरेका अनुसार उनीहरूले राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई तुरून्तै एकै दिनमा राहदानी बनाइदिन्छु भनेर फकाइरहेका थिए। त्यसरी राहदानी बनाई किर्ते तथा ठगी गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट अनलाइन फारमका ३२ वटा फारम, तीन वटा ल्यापटप लगायत बरामद गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै