नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले पदाधिकारीको टुङ्गो लगाएको छ ।
यसअघि गत मंसिरमा चितवनमा भएको महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा जुगल मात्रै चयन गरेकोमा शनिवार पदाधिकारी टुङ्गो लगाएको हो । बैठक शुक्रवारबाट जारी रहेको छ ।
सार्वजनिक विवरणअनुसार सेन्टरले सचिवमा मात्रै २७ जनालाई राखेको छ ।
१९ जना उपाध्यक्ष र १० जना उपमहासचिव पनि चयन गरेको छ ।
संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सह कोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् ।
यस्तो छ सूची





