Comments Add Comment

Advertisment

SKIP THIS

अर्घाखाँचीमा एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ

२३ फागुन , काठमाडौ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। सोही गाउँपालिकाको मावि तहको एक विद्यालयमा अध्यापनरत सोही ठाउँका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत एक १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी अमर बहादुर थापाले बताउनुभयो ।

आरोपित शिक्षकले गत पुष महिनामा पहिलो पटक जबरजस्तीकरणी गरेको र त्यस यता पटक पटक बालिकालाई जबरजस्ती करणी गरेको पिडित पक्षले दिएको जाहेरीमा उल्लेख रहेको डिएसपी थापाले जानकारी दिनुभयो । आरोपित शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटना पुष महिनामा भएको भए पनि बालिकाका परिवारले यसै साता जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । घटनाको थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै