Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता

१५ साउन , काठमाडौ । लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६र७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो ।

आर्थिक वर्ष २०७७/७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रुपन्देही जिल्लामा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले यहाँ कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै