Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं महानगरले पाख्रिवासलाई सहयोग गर्ने

१८ साउन , काठमाडौं । काठमाडौं महानगरपालिका र धनकुटाको पाख्रिवास नगरपालिकाबीच भएको भगिनि सम्बन्धलाई कायम राख्दै सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

महानगरका उपमेयर सुनिता डंगोल र पाख्रिवासका मेयर ज्ञानवहादुर गुरुङ, कांग्रेस धनकुटाका सभापति दिनेश राईलगायत नेता छलफलमा सहभागि थिए ।

भगिनि सम्वन्धमा रहेको पाख्रिवास नगरपालिकालाई सहयोग गर्ने उपमेयर सुनिता डंगोलले बताएकी थिइन् । पाख्रिवासका मेयर गुरुङले काठमाडौं महानगरले आफूहरूलाई गरेको सहयोगप्रति धन्यवाद दिए ।

आगामी दिनमा पनि सम्बन्धमा अझ राम्रो हुने र सहयोग प्राप्त भैरहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै