१९ साउन , काठमाडौं । काठमाडौकाे उत्तरी भेगस्थित रहेका स्कुलहरुमध्ये तारकेश्वर नगरपालिका तथा काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ कै एक मात्र प्राविधिक धार तर्फको सिभिल इन्जिनियरिङ विषयको पढाई हुने विद्यालय श्री जितपुर माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा उत्कृष्ट ल्याउन सफल भएकोमा तारकेश्वर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा ४ औं स्थान र काठमाण्डौ जिल्लाको प्राविधिक विद्यालयहरुमा १० औं स्थानपर्न सफल भएका छ ।


उक्त विद्यालयका कुशल प्रधानाध्यापक श्री राजेन्द्र ज्ञवाली, मिहेनती विद्यार्थी भाइबहिनीहरु, लगनशील शिक्षक मित्रहरु, आदरणीय अभिभावक ज्यूहरु, विद्यालय व्यवस्थापन समितिका तथा शिक्षक-अभिभावक संघका पदाधिकारी साथै सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना प्रदान स्कुलले गरेकाे छ ।







