Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ४२ डिएसपी सहित २१ ईन्स्पेक्टरले लगाए फुली

नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् ।         

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर) २१ जना रहेका छन् ।                                         

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।                                                                                                                                              सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए ।  

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक होम बहादुर थापाले प्रविधिको विकाससँगै अपराधमा देखिएका फरक शैलीले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुने बताउँदै व्यावसायिक निष्ठा, ईमानदारीता, अनुशासित र कर्तव्य निष्ठ भई त्यस्ता जटिल परिस्थितीको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै