Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरी खोला सरसफाइ अभियानको एक सय ८०औँ हप्ता पूरा

२१ साउन , काठमाडौं । गोदावरी खोला सरसफाइ अभियानले गोदावरीको नहर क्षेत्रको खोला सफा गरी एक सय ८०औँ हप्ता पूरा गरेको छ । पर्यटकीय नगरी गोदावरीको वातावरण स्वच्छ तथा हराभरा बनाउन आज नहर सफा गरिएकोे हो ।

हामीले गोदावरीको वडा नं २ विशङ्खु र नं ३ साबिकको गोदावरी जोड्ने खोला सफा गरी एक सय ८०औँ हप्ता पूरा गरेको अभियानका संयोजक बेबी राजभण्डारीले बताए ।

उनले भने, ‘सफाइका क्रममा हामीले खोलामा फालिएका थुप्रै पुराना कपडा तथा बोतल एवं प्लास्टिकका झोलाका साथै च्यातिएका बोेरा र घाँसपात आदि सङ्कलन गरी उपयुक्त स्थानमा राखेर नहर क्षेत्रलाई सफा बनायौँ ।’

खोलाका साथै गोदावरी नगरपालिका–१४ ठैव क्षेत्र पनि सफा गरी वडामा आउन सक्ने विभिन्न रोगबारे सचेत तुल्याएको संयोजक राजभण्डारीले जानकारी दिए । यसैगरी अभियानले आज गोदावरीका केही स्थानमा सचेतनामूलक बोर्ड राख्ने र पुरानालाई मर्मतसमेत गर्ने काम गरिरहेको अर्का अभियन्ता नारायणी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै