Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा कोरोनासँगै हैजाका बिरामी बढ्दै

२४ साउन , काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको बताइएको छ ।

पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्कुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुमा दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्कुमा एक एक जनामा हैजा देखिएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै