Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी

२५ भाद्र काठमाडौ । पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

लाहोरको ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुटिङ गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । सबा र गायक बिलाल सईद अदालतको कुनै पनि सुनुवाईमा उपस्थित नभएपछि लाहोरको मजिस्ट्रियल कोर्टले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुविरुद्धको सुनुवाई अक्टोबर ६ सम्मका लागि स्थगित गरेको छ ।

लाहोर प्रहरीले गत वर्ष सबा र बिलालविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्धा दर्ता गराएको थियो । सबा र बिलालमाथि डान्स भिडियो खिचेर लाहोरको मस्जिद वजीर खानलाई अपवित्र बनाएको आरोप लागेको हो । पञ्जाब सरकारले मस्जिदको पवित्रताको उल्लंघनको मामलामा दुई वरिष्ठ अधिकारीलाई वर्खास्त गरेको थियो ।

उनीहरुको भिडियोका कारण विवाद बढ्दै गएपछि सबा र बिलालले माफी पनि मागेका थिए । सबाले एक विवाहको दृश्यको छायांकन गरिएको र त्यसमा कुनै संगीतको प्रयोग नगरिएको दाबी गरेकी थिइन् ।

सबाले बलिउड फिल्ममा पनि काम गरेकी छन् । उनी इरफान खानका साथ फिल्म ‘हिन्दी मिडियम’मा अभिनय गरेकी थिइन् । उनको अभिनयको निकै प्रशंसा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै