Comments Add Comment

Advertisment

SKIP THIS

झापा र पाल्पामा डुबेर ३ बालबालिकाको मृत्यु

२७ साउन , काठमाडौं । झापा र पाल्पामा डुबेर ३ बालबालिकाकाे मृत्यु भएकाे छ ।

झापाकाे शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका २ बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको हाे । आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवार र प्रहरीले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा गए राति सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।

उता पाल्पाकाे रैनादेवीछहरा गाउँपालिका–१ मा पौडी खेल्ने क्रममा डुबेर गए राति १ जनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको मृत्यु भएको हो । डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए ।

रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै