Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

२७ साउन , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

युवाले जीवनोपयोगी सीप सिकेर स्वदेशकै माटोमा जीविकोपार्जनमा लाग्नुपर्ने प्रम देउवाको भनाइ छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार राष्ट्रिय युवा परिषद्ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि प्रम देउवाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै