काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निवाचनको मिति घोषणा गरेसंगै अब बिस्तारै चुनावी रौनक सुरु हुन लागेको छ।
यतिबेला थुप्रै व्यक्तिहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरिसकेका छन् भने कतिपयले पार्टीगत रुपमा पनि आफ्नो उम्मेद्वारी घोषणा गर्न थालेका छन।
सत्ता गठबन्धन भित्र रहेका दलहरुबीच तालमेल गर्ने सहमति भएसंगै यसपाली थुप्रै चर्चित अनुहारहरु चुनावमा छुट्न सक्ने देखिएको छ।
यसैक्रममा काठमाडौंको महनगरपालिका घर भएका ने क पा( माओवादी केन्द्र )का दिलिपराज वन्तले क्षेत्र ७(क)प्रदेशबाट आफ्नो उम्मेद्वारी दिने भएका छ्न। उनले प्रदेशसभा तर्फ नेकपा (माओवादी केन्द्र ) काठमाडौं ७ (क) मा आफ्नो उम्मेद्वारी दिने बताउएका हुन्। वन्त लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका भद्र, शालिन, सरल, मनोभाव बुझ्न सक्ने, क्षमतावान, विकासप्रेमी, जुझारू तथा साहसिक नेता, क्षेत्र नं ७(क)कासम्पूर्ण मतदाताहरूमाझ अत्यन्त लाेकप्रिय, सबै जनताकाे मनमस्तिष्कमा बस्न सफल,र सम्पूर्ण कार्यकर्ताहरूकाे भावनाकाे कदर र सम्मान गर्न नेताको रूपमा चिनिछन।शान्ती प्रक्रियामा माओवादी आएपछि निरन्तर पार्टीको सक्रिय राजनीतिमा रहेका छ्न



