Comments Add Comment

Advertisment

SKIP THIS

भरुवा बन्दुक सहित पक्राउ

५ साउन , काठमाडौं । हतुवागढी गाउँपालिका-२ पूर्णेबजार बस्ने २७ वर्षीय दिकपाल राईलाई १ थान भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले वादविवादको कारण सोही ठाउँ बस्ने २८ वर्षीय बिश्वहाङ राईलाई भरुवा बन्दुकले प्रहार गर्दा बन्दुकको छर्रा लागेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य चौकी घोडेटार हुँदै धरान घोपा अस्पतालमा थप उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै