Comments Add Comment

Advertisment

SKIP THIS

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

१२ मंसिर , काठमााडौं । आफ्नै श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया नगरपालिका-१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment